झापा । झापा बिर्तामोडको गिरीबन्धु टी-इस्टेट परिषरमा पाँचथर रानीटार-२ का कुमार गुरुङ शव फेला परेको छ ।बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा-११ स्थित गिरीबन्धु टी-इस्टेटको चिया बगानभित्र कुहिँन लागेको शव फेला परेको हो । करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
नयाँ बसपार्कको पुर्वपट्टीको चिया बगानमा कुहिँन लागेको अवस्थामा फेला परेको उनको नागरिकता प्रमाणपत्रको आधारमा उनी पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीया कुमार गुरुङ रहेको प्रहरीले जनाएको छ । आज बिहान ७ बजेतिर केहीबेरअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेको छ ।





















































