झापा । चोभारमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक रामकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको रहेका छन्। 

आइतबार अपराह्न पौने ४ बजे दक्षिणकाली नगरपालिका-३, फर्पिङको भन्ज्याङमा जुनकिरी इंग्लिस स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए। 

उनका अनुसार बस सडकभन्दा ५० मिटर तल खसेको थियो। स्कुल बसमा ५० जना सवार रहेको प्रहरीले जनाएको छ।