झापा । पाथीभरा (मुकुलुङ) क्षेत्रका ‘नो केबलकार समूह’ र सरकारी टोलीबीचको बार्ता बिथोलिएसँगै ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

आइतबार भएको वार्ता निष्कर्षबिहिन भएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका हुन् । वार्ता थप आन्दोलनको कार्यक्रम आउने भएको हो । वार्ता बिथोलिएसँगै नो केबलकार समूह माइतीघरमा भेला भएको थियो । उनीहरूले कर्मचारीस्तरको टोली अस्वीकार भएको बताएका छन् ।

आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहेताका अनुसार मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै नो केबलकार समूह वार्तामा बस्ने छ । त्यसका लागि आज साँझसम्मको समय दिइएको उनले बताए ।