झापा । घरभित्र श्रीमती परपुरुषसँग अनैतिक क्रियाकलाप गरिरहेको भेट्टाएपछि श्रीमानले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । कनकाई नगरपालिका-१ का प्रकाश कार्कीले बिहीबार साँझ साढे ७ बजे घरको कोठाभित्र श्रीमती अन्दाजी वर्ष ४४ की बिन्दा कार्की र सोही ठाउँ बस्ने अन्दाजी वर्ष ५५ का कुलबहादुर बस्नेतले अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा फेला पारेका थिए । त्यसपछि कार्कीले बस्नेतमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
टाउकोमा खुकुरी प्रहारबाट बस्नेत घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको बताइएको छ । अस्थायी प्रहरी पोस्ट दुर्गापुरबाट खटिएको टोलीले तीनै जना र बरामद गरेको खुकुरीसहित नियन्त्रणमा लिई अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको प्रहरीले जनाएको छ ।