बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच बिन्जु मिडिया कर्नर प्रालिको कार्यालय उद्घाटन गरिएको छ । झापाको बिर्तामोड–३ स्थित सृजना टोलमा रहेको बिन्जु मिडिया कर्नर प्रालिको कार्यालय उद्घाटन गरिएको हो ।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आज (शुक्रवार) कार्यालयको उद्घाटन गरेका थिए । बिन्जु मिडिबया कर्नर प्रालिका सञ्चालक बिजय बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेले कार्यालय स्थापनाको शुभकामना ब्यक्त गरेका थिए ।
सञ्चालक बरालले सञ्चारकर्मीका रुपमा आफुले गरेको सघर्षका बिषयमा जानकारी दिदै स्थापना गरिएको उक्त कार्यालयबाट भिडियो, अडियोसहित समाचारमुलक सामाग्री साथै कम्युनिकशनका सम्पूर्ण कार्य गरिने जानकारी दिए ।
कार्यक्रमको सञ्चालन बिन्जु मिडिया कर्नर प्रालिका सञ्चालक रन्जु प्याकुरेल बरालले गरेकी थिइन् ।