दमक । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोध गर्दै मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुलाई झापाको दमकमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक -६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले पदम बेघासहित ३ जना बन्दकर्तालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । यातायातका साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
पूर्वपश्चिम राजमार्गमा यातायातका साधन सञ्चालनमा त्यति कमी नआएको भएपनि पूर्वी पहाडी जिल्लामा भने यातायातका साधन चलेका छैनन् ।
बिहान ५ः३० बजे झापाको बुद्धशान्ति-४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले २ वटा रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए । त्यसलाई पन्छाएर सडक सुचालू गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले जनाए ।
बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन असरग्रस्त भएको छ ।
पूर्वपश्चिम राजमार्गमा यातायातका साधन सञ्चालनमा त्यति कमि नआएको भएपनि पूर्वी पहाडी जिल्लामा भने यातायातका साधन चलेका छैनन् ।
बिहान ५ः३० बजे झापाको बुद्धशान्ति ४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले २ वटा रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए । त्यसलाई पन्छाएर सडक सुचालू गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताए ।