दमक । झापाको दमक नगरपालिका-४ ताराबारीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग (एसियन हाईवे) मा कार्यरत कामदार रौतहटको चन्द्रनिगाहापुर–१० घर भएका अन्दाजी २० वर्षीय सञ्जय महताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतोलाई निर्माणाधीन ‘एसियन हाइवे’मा काम गर्ने क्रममा दिउँसो ३ः१० बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
निर्माण कम्पनी जेबी टुण्डीको जेसीबीको बटेकमा चढेर केवलको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुरुमा उनी जेसीबीको बकेटबाट खसेर घाइते भएका थिए ।

गम्भीर घाइते भएका महतोलाई तत्काल उपचारका लागि मोरङको उर्लाबारीस्थित अरनिको अस्पताल लगिएपनि उपचारका क्रममा उनलाई करेन्ट लागेको खुलेको हो ।
थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो ।
नोबेलमा उपचारका क्रममा महतोलाई चिकित्सकले दिउँसो ४ः३६ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जेसीबी चालक उर्लाबारी नगरपालिका-६ का ५६ वर्षीय शिवकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।