मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले मेचीनगरमा भएका अन्य राजनीति पार्टीलाई भ्रष्टाचारीकाे संज्ञा दिएको छ । मेचीनगरमा भएका भ्रष्टाचार, बेथिति र ढिलासुस्तीको बिरुद्धमा खबरदारी गर्ने भनी ६ राजनीतिक दलसंग भएको सहमति र सहकार्यका क्रममा केही ठुला दल नै भ्रष्टाचारमा लिप्त भएको पाएको भन्दै रास्वपाले अन्य उक्त संज्ञा दिएको प्रेस बिज्ञप्ति उल्लेख छ । रास्वपाले ६ दलको उक्त समुहमा नबस्नेसमेत आइतबार निर्णय गरेको जनाएको छ । भ्रष्टाचारमा लिप्त भएको दलसँग टाँसिएर राष्ट्रिय स्वतन्त्र पार्टीले केही खबरदारी गर्न नसक्ने निष्कर्षमा पुगेको हुँदा अबको आन्दोलनको स्वरुप आफैँ तय गर्ने निर्णयमा पुगिएको जनाएको छ । रास्वपा मेचीनगर नगर सभापति कमल गौतम तथा सचिव असिम दाहालले संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा अब आन्दोलनको स्वरुप आफैले तय गर्नेसमेत जनाइएको छ ।

यसअघि एमाले बाहेकका दलहरूबीच भएको सहकार्य गर्ने सहमतिबाट रास्वपा बाहिरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अन्य राजनीतिक दलसंग गरिएको सहमति र सहकार्यमा केही समयसँगै रहेर २१ बुँदे ज्ञापनपत्रमार्फत मेचीनगर नगरपालिका, झापाको नगर प्रमुखसँग जवाफ माग्ने र समाधानका लागि बाटोहरु खोज्ने विज्ञप्तीमा लेखिएको छ । संस्थागत भ्रष्टाचार, वेथितीमा आफ्नो दल फस्ने डर या मिलिभगत भएकाे विज्ञप्तिमा भनिएको छ ।