काठमाडौं। सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो । 

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४१०.५१  तोकिएको छ ।

यसैगरी मध्यम धानको रु ३५८०.६२  न्यूनतम समर्थन मूल्य तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।