आज मिति वि.सं.२०८१ असार ०७ गते शुक्रबार ई. सं. २०२४ जून २१ नेपाल सम्बत ११४४ तछलाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल चर्तुदशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०७:०२ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आरोग्यता रहने र दाम्पत्य सुख बढ्ने समय छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा आजको समय ब्यतीत होला । आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्ने योग छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रहनुहोला । सवारी तथा हातहतियारको उपयोग आजको दिन विशेष सावधानीका साथ गर्नु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । घर-जग्गामा विवाद देखिन सक्छ, विशेष सतर्क रहनु हितकर होला । आर्थिक अभावले पनि सताउन सक्छ । घरेलु काममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । । व्यवसायमा अनुकूल परिवर्तन होला । व्यवसायमा सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । आवेगले गर्दा हातमा आएका अवसर गुम्न सक्छ, धैर्यशील रहनुहोला । समस्याको समाधान प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । आजको दिन नसोचेको ठाउबाट आर्थिक लाभ होला । नया उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ भने विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । रसरागमा आकर्षण रहला । । मिठो भोजन प्राप्त हुनेछ । जीवनसाथीलाई केही पीडा हुन सक्छ, सचेतनापूर्ण व्यवहार गर्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहयोगीजनको राम्रो साथ पाइने छ तर पारिवारिक असमझदारी र बन्धुबान्धबसंग मनमुटाव हुन सक्छ । त्यसबाट खासै बिगार भने हुने देखिन्न । घरमा सामान्य मनमुटाव होला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना रहेकोले सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ भने कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्य सम्बन्धी समस्याले केही खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने व्यवहारबाट पर रहनुहोला । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्ने योग रहेकोले आजको दिन सार्वजनिक क्रियाकलापमा सरिक नभएकै राम्रो हुनेछ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिएला । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन फलदायी यात्रा हुन सक्छ । काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिने योग छ । विलासी काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सन्तानपक्षबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । खर्च नियन्त्रणको लागि आज विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मानहानी वा अपजशको सम्भावना रहेको दिन छ, संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट फाइदा हुने योग छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ, तर साझेदारीमा विवाद पर्न सक्छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा कष्ट हुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने समय छ । व्यवसाय र कृषिकर्ममा परिश्रम तथा लगानीभन्दा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यान राखेर व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामर्थ्य वृद्धि हुनेछ । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग रहेकोले विशेष संयमताको खाँचो पर्ला । अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोला । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, खानपानमा ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढेपनि आर्थिक उपार्जनमा सुधार आउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरीसमेत प्राप्त हुने योग छ । नोकरीतर्फ हुनेहरूका लागि प्रशंसा या पदोन्नतिको समय छ र, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला, सचेत रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । जटिल समस्याले समेत सहजै निकास पाउने समय छ ।
तपाईको दिन शुभ रहोस्