बिर्तामोड । पूर्वीय दर्शनसँगै कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले अर्जुनधारा नगर प्याब्सनले 'यम बराल एकल सांगीतिक साँझ' आयोजना गर्ने भएको छ ।
फागुन ११ गते झापाको बिर्तामोडको सिटी सेन्टरमा उक्त सांगीतिक प्रस्तुतिको तयारी गरेको आयोजकले पत्रकारसमक्ष जानकारी गराएको छ । कार्यक्रममा अर्जुनधारा निवासी फिफा रेफ्री श्याम दनुवार र गायिका मेनुका पौडेललाई अभिनन्दन गरिने प्याब्सन अर्जुनधारा सचिव राजेश आचार्यले बताए ।
सो अवसरमा गायक यम बरालले शिक्षा र संगीत एक अर्काबीच परिपुरक रहेकाले निजी बिद्यालयहरुको छाता संस्थाको आग्रहमा आफ्नो प्रस्तुति रहको बताए ।
दुई घण्टाको प्रस्तुति रहने सांगीतिक कार्यक्रममा बिना ट्र्याक प्रत्यक्ष गीत गाउँने गायक बरालले बताए ।
गिटारिष्ट विशाल बुढाथोकीको संयोजनमा हुन लागेको कार्यक्रममा बरालकाे २० वटासम्म गीत प्रस्तुत रहने छ ।
अर्जुनभारा नगर प्याब्सनकाअध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रममा शिक्षासेवी सुमन जम्मरकट्टेल लगायतले बोलेका थिए ।