मेचीनगर । झट्ट हेर्दा संविधान सभाहल जस्तै महसुस हुन्थ्यो । सांसद बसेको टेवलमा सम्बन्धित मन्त्रीमात्रै होइन सांसदको नामसहित कार्यसम्पादनको भुमिकामा नामप्लेट देखिन्थ्यो । प्रश्नोउत्तर गर्दा सम्माननीय सभामुख महोदयबाट सुरु हुन्थ्यो । माननीय सांसद वा सम्मानीय मन्त्री भनेरै सम्बोधन गरिएको यो शब्ददृश्य सांसद सभाहल नभएर केवल झापा मेचीनगरमा अध्ययनरत विद्यार्थीका लागि "नमुना संसद" प्रयोगात्मक अभ्यास कार्यक्रम हो ।
रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलले आयोजना गरेको "नमुना सांसद" कार्यक्रममा नेपालको प्रतिनिधि सभा अन्तर्गत संचालन हुने संघीय संसद कै ढाँचा र कार्यतालिकामा कार्यक्रम संचालन गरिएको थियो ।मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको बाहुल्लीबाट उद्घाटन गरिएको कार्यक्रममा शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, जिल्ला लघु उद्यमी महासंघ झापाका अध्यक्ष निर्मला चौहान भण्डारीलगायतका सहभागीहरूले नमुना रुपमा सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष प्रस्तुतिसहित अनुभव हासिल गरिएको बताएका थिए ।
वक्ताहरूले युवामा नेतृत्व विकास, संवैधानिक चेतना, लोकतान्त्रिक संस्कार तथा जिम्मेवार नागरिक निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताएका थिए । कार्यक्रममा विभिन्न विद्यालय, कलेज तथा युवा सहभागीहरूले नेपालको संघीय संसदको कार्यप्रणाली, विधेयक दर्ता, प्रश्नोत्तर, छलफल तथा मतदान प्रक्रियाको यथार्थ अभ्यास गरेका थिए । सहभागीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालय, कलेज तथा युवा सहभागीहरूले नेपालको संघीय संसदको कार्यप्रणाली, विधेयक दर्ता, प्रश्नोत्तर, छलफल तथा मतदान प्रक्रियाको यथार्थ अभ्यास गरेका थिए । सहभागीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट वक्ता धुलाबारी माबीकी दक्षिणा बस्नेत, उत्कृष्ट संसदीय नेता आदर्श माध्यमिक विद्यालय कुसुम तिम्सिना, उत्कृष्ट अनुसन्धानकर्ता हिमालयन इङ्ग्लिस एकेडेमी प्रस्तुति भण्डारी, विशेष उल्लेख डीएसएस अदिति निरौला, विशेष उल्लेख दिप्सना थापा, एभरेस्ट भ्यू इङ्ग्लिस बोर्डिङ स्कुल, उत्कृष्ट वक्ता पूजा पराजुली, हिमालयन इङ्ग्लिस एकेडेमी, उत्कृष्ट वक्ता प्रश्न कार्की र दोस्रो उत्कृष्ट वक्ता धुलाबारी माध्यमिक विद्यालय उपासना आचार्य घोषित भएका थिए।
कार्यक्रममा विभिन्न विद्यालय, कलेज तथा युवा सहभागीहरूले नेपालको संघीय संसदको कार्यप्रणाली, विधेयक दर्ता, प्रश्नोत्तर, छलफल तथा मतदान प्रक्रियाको यथार्थ अभ्यास गरेका थिए ।






















































