दमक । झापाको कमल गाउँपालिका पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नं ३८ रिजर्भ गणको लापरबाहीका कारण त्यहाँ कार्यरत सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि आम्दा अस्पताल तनावग्रस्त बनेको छ । गणमा कार्यरत करिब ३० वर्षीय जवान सुदिम खत्रीको करेन्ट लागेर मृत्यु भएपछि परिवारले विरोध जनाएका हुन् ।
विहिवार साँझ ५ बजेतिर सुनसरी खनार घर भएका खत्री गणभित्र विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर जवान खत्री गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। गणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले विरोध जनाइरहेको प्रहरीले जनाएको छ ।






















































