बिर्तामोड नेपाली कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले वर्तमान सरकारले देशलाई फाँसीवादतर्फ लैजान खोजिरहेको आरोप लगाएका छन् प्रेस सेन्टर नेपाल झापाद्वारा बिहीबार बिर्तामोडमा आयोजित डी.कौडिण्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आङ्बोले त्यस्तो  आरोप लगाएका  हुन् । सरकारले बनाएको तथाकथित संविधान संशोधन कार्यदलले संविधानको मुल मर्मलाई नै सिध्याएर संविधान नै पुर्नलेखन गर्ने राज्यलाई सन्तुलनमा राख्ने निकाय संवैधानिक निकायमाथि कब्जा गरेर उहाँहरु राज्यलाई फाँसिवादतर्फ लैजान खोजिरहनु भएको , उनले भने

सरकारले संविधान व्यवस्थाको विरुद्धमा कार्य गरेमा संघर्ष गरेर प्रजातन्त्र जनतालाई प्रत्याभूति गराउने आन्दोलनबाट आएको पार्टी भएको हैसियतले सदन सडकबाट सरकारको प्रतिवाद गर्ने चेतावनी दिए उनले अहिलेको ठूलो जनमत भएको पार्टीले जनभावनाको कदर गरेर राहतको कार्यक्रम ल्याउनुको साटो जनताको ढाड सेक्ने गरी कर थोपरेर जनभावना विरोधी काम गरिरहेकोसमेत आरोप लगाए

कार्यक्रमका प्रमुख अतिथि आङ्बोले कोशीमा नेपाली कम्युनिष्ट पार्टी प्रतिपक्षमा नै रहन चाहेको भएपनि नेपाली कांग्रेसले कम्युनिष्टसँग प्रदेशमा सहकार्य गर्न नचाहेका कारण राजनैतिक संकट टार्न मध्यावधिबाट बचाउन प्रदेशमा एमालेसँग सहकार्य गर्न तयार भएको बताए तर, प्रदेश सरकारको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीको दाबी रहने उनले दोहोर्याए सरकारमा सहकार्य गर्ने अवस्था आएमा अन्य दलहरुलाईसमेत समेटेर अगाडी बढ्नेसमेत उनको भनाई थियो