झापा । सामाजिक सन्जालमा बिभिन्न ब्यक्तिहरुबिरुद्ध बोलिरहने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले केसीलाई पक्राउ गरेको हो । पक्राउ परेकी केसी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट साइबर कसुरमा १ दिनको म्याद थप भएको छ । उनले सामाजिक सञ्जाल तथा विभिन्न युट्युबहरूमार्फत राधिका दासीविरुद्ध विभिन्न अफवाह फैलाएको आरोप छ ।






















































