मेचीनगर । संस्थागत विद्यालयले विद्यार्थीलाई शिक्षा प्रदान गरेवापत लिइँदैआएको शुल्कका बिषयमा अभिभावकको गुनासोपछि प्याब्सन र एनप्याब्सन मेचीनगरले धारणा सार्वजनिक गरेको छ । शुल्कका बिषयमा अनर्गल प्रचार भएको भन्दै नेपाल सरकारको संशाेधित शिक्षा नियमावलीले निदृष्ट गरेको मात्रै शुल्क लिँदैआएको पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो ।
सम्मेलनमा प्याब्सनका जिल्ला सदस्य भोजबहादुर कार्कीले समय परिवर्तनसँगै विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकाकाे पारिश्रमिक तथा सुबिधा वृद्धि गर्नुपर्ने भएकाले नगर शिक्षा शाखासँग समन्वय गरेर शुल्क लिइँदैआएको बताए । दक्ष जनशक्तिको अभाव हुने अवस्थामा आएको जानकारी गराउदै कार्कीले अभिभावकको असन्तुष्टि भन्दा पनि आफ्ना बालबालिकाले पाउदै आएको शिक्षाको गुणस्तरप्रति ध्यान पुर्याउन आग्रह गरेका थिए ।
प्याब्सन मेचीनगरका पुर्वअध्यक्ष एबम् सल्लाहकार डम्बर रुचालले चित्त नबुझेको बिषयमा स्कुल प्रशासनमै पुगी कुरा राख्न अभिभावकलाई अनुरोध गरेका थिए । उनले अभिभावकलाई भारपर्ने गरि शुल्कको बिल पठाउने विद्यालयको अनुगमन गर्ने समेत बताए । केन्द्रकाे नियम र स्थानीय तहको नियम लागू गर्ने बिषय नै दोभासे भएकाले समस्या आएको र त्यसलाई समन्वय गरेर सामाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
उनले ३ वटा मोडेल अभिभावको अधिकार हो रुचालले भने,`बैशाख महिनाको शुल्क लिन लाउने कि नपाउने भन्ने बिषयमा विद्यालय शुल्क लिएको हुन्छ । विद्यालयको आयोजना गरेको भेलामा अभिभावकको किन सहभागी हुनुभएन ?´ विद्यालय बाहिर भएपछि कुरा उठाउने बैठक भेलामा कुरा नउठाउनु अभिभावकको समस्या हो ।´
भर्ना शुल्कमा केही विद्यालयले मनोमानी गरेको भए अनुगमन गरी सुधार गर्न प्रेरित गर्ने रुचालले उल्लेख गरेका थिए ।
पत्रकार सम्मेलनमा एन प्याब्सन मेचीनगरका अध्यक्ष कबिन्द्र श्रेष्ठले अभिभावकले शुल्कको बिषयमा अनर्गल प्रचार गरेको ध्यानाकर्षण भएको बताए । उनले बैशाख महिनामा पठनपाठन कम भए त्यसलाई बिदाको दिनमा समायोजन गर्ने गरी शुल्क लिएको स्पष्ट परेका थिए । उनले सरकार फेरिएसँगै स्थानीय तहले शुल्क निर्धारणमा आल टाल गरेकाले सबै विद्यालयले लिइदै आएको शुल्क फरक फरक हुने गरेको स्पष्टसमेत परेका थिए ।
सम्मेलनमा एन प्याब्सन मेचीनगरका सचिव जीवन कटुवालले आफ्ना नानीहरूलाई सामुदायिक विद्यालायमा पढाउन पनि नचाहने, नानीको भबिस्यका लागि निजी बिद्यालय नै खोज्ने अनि शुल्क बुझाउन कन्जुस्याई नगर्न अभिभावकलाई आग्रह गरेका थिए । शहरबजार र गाउँले विद्यालयको भौतिक संरचना, अतिरिक्त क्रियाकलापअनुसार लिइदै आएको शुल्कमा अन्तर पर्ने भएको जानकारी गराएका थिए ।
सहभागीहरुले मेचीनगरमा निजी विद्यालयको शुल्क निर्धारण गर्न नगर शिक्षा शाखालाई आग्रहसमेत गरेका थिए ।






















































