झापा । झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार आज बिहान करिब ६:३० बजे गौरीगञ्ज–३ स्थित चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने क्रममा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो।
वर्षासँगै आएको चट्याङका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ।




















































