उक्त सर्वेक्षणमा सुर्ती सेवनको परम्परागत प्रवृत्ति कायम हुँदाहुँदै ईसिगरेट वा भेप अनि शीशा र हुक्काजस्ता नौला हानिकारक अम्मलले सानै उमेरदेखि प्रभाव पार्न थालेको सङ्केत गर्छ। चिकित्सकहरूले यसलाई चिन्ताजनक भन्दै उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। विश्वभरि भेपिङ दुर्व्यसनको नयाँ प्रकोप बनेको छ । १ अर्ब ५ करोड बालबालिका कुलतमा फसेको पाइएको एक अनुशन्धानले जनाएको छ ।
के छ नयाँ सर्वेक्षणमा
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यूथ टोबाको सर्भे २०२५ भनेर गरेको सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन तयार भएको छ। एक वर्ष लगाएर देशको सातै प्रदेशस्थित ५० वटा विद्यालयका ३,००० भन्दा धेरै सातदेखि १० कक्षाका विद्यार्थीहरूमाझ उक्त सर्वेक्षण गरिएको एक अनुसन्धानकर्ता कुसुम शाहीले बताइन्।
स्कूले विद्यार्थी उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनको प्रवृत्ति कस्तो छ भनेर हेर्न अनि यसको नतिजामार्फत् उपयुक्त नीति निर्माणमा सघाउ पुर्याउने हाम्रो उद्देश्य हो, परिषद्की निमित्त सदस्यसचिव नमिता घिमिरेले बताइन्। प्रारम्भिक प्रतिवेदनमा स्कूले किशोरकिशोरीमाझ १८.७५ ले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। जसमा चुरोट, गुट्खा, बिँडीका अतिरिक्त शीशा, हुक्का, ईसिगरेट वा भेप समेत परेको छ।
युवा सुर्ती सर्वेक्षण
स्कूले किशोरकिशोरीमध्ये इ सिगरेट र भेपसहित सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूको सर्वेक्षण नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन भेप सेवन बढ्दो रहेको पाइएको अनुुशन्धानले जनाएको छ । प्राय कलिलो उमेर समूहमा परम्परागत सुर्तीजन्य पदार्थको सेवनभन्दा ई(सिगरेट र भेप, हुक्का, शीशाजस्ता नौला पदार्थको प्रयोगको प्रवृत्ति दोबर रहेको पाइएको छ।
यसअघि यस्तै सर्वेक्षण सन् २०११ मा गरिएको थियो। त्यतिखेरको तुलनामा परम्परागत सुर्तीजन्य पदार्थको सेवनमा धेरै फरक नपरे तापनि ई(सिगरेट, भेप, शीशा, हुक्काको प्रयोगका कारण समग्र अवस्था झन् चुनौतीपूर्ण बनेको जानकारहरूले बताएका छन्।ूयस्ता नौला पदार्थको सेवनको प्रवृत्ति बढिरहेको छ भन्ने हाम्रो सर्वेक्षणको एउटा मुख्य नतिजा रहेको छ, अनुसन्धानमा संलग्न शाहीले बताइन् ।
अर्को चिन्ताजनक नतिजा चाहिँ चुरोट वा भेपको पहिलो सर्को लिएको भनेर बताइएको उमेर रहेको देखिन्छ। करिब ४१.५५ प्रतिशत विद्यार्थीले १० वर्षको उमेर नपुग्दै पहिलो पटक चुरोट वा भेप सेवन गरेको बताएका छन्।
सो सर्वेक्षणका अनुसार उपलब्धता र पहुँचले यो समस्या थप गहिरिएको छ। स्कूलको हाताभन्दा १०० मिटर वरपर सुर्तीजन्य पदार्थको बेचबिखन गर्न नपाइने भनिए तापनि यथार्थ अवस्था त्यस्तो छैन। आमाबुबाले छोराछोरी चुरोट, खैनी किन्न पठाउने चलन पनि अझै व्याप्त छ।
चुरोट सेवनबाट डरलाग्दो असर
सुर्ती सेवनले चाँडै मृत्यु निम्त्याउने, विभिन्न रोग लाग्ने अनि समुदायको स्वास्थ्यमा उच्च मूल्य थोपर्ने तथा सामाजिक आर्थिक असमानता बढाएर दिगो विकास लक्ष्य हासिल गर्न वाधा पुर्याउने विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले बताएको छ। डब्ल्यूएचओले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा दुई वर्षअघि निकालेको प्रतिवेदनमा सुर्तीसँग सम्बन्धित रोगहरूका कारण नेपालमा बर्सेनि ३९,२०० मानिसले ज्यान गुमाउँछन्।
साथै सुर्तीका कारण प्रत्येक वर्ष ४५ अर्ब रुपैयाँको अतिरिक्त खर्च हुने गरेको त्यसमा उल्लेख छ। क्यान्सर, मधुमेह, श्वासप्रश्वासका रोग, मुटुरोगजस्ता नसर्ने रोगहरूको प्रमुख कारकमध्ये सुर्ती सेवन पर्ने गर्छ। नेपालमा प्रत्येक चार जनामध्ये एक वयस्कले चुरोट वा अन्य धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइने बताइएको छ।
सुर्तीजन्य पदार्थको सेवनले वयस्कलाई भन्दा पनि कलिला उमेरकालाई झन् धेरै असर गर्ने विज्ञहरू बताउँछन्। कान्ति बाल अस्पतालका बाल छातीरोग विशेषज्ञ डा. जगत्जीवन घिमिरे पछिल्लो समय खास गरी सहरी क्षेत्रमा किशोरकिशोरीमाझ भेप वा ईसिगरेटको कुलत बढ्दै गएकोमा चिन्ता प्रकट गर्छन्।
विश्वमै यस्ता पदार्थको सेवनले फोक्सोमा चोट पुग्ने घटनाहरू बढेका छन्। यसलाई भेप (इन्ड्युस्ड लङ इन्जरीु भनेर चिन्ताजनक रूपमा व्याख्या गरिएको छ, डा. घिमिरेले भने।
हाम्रो सन्दर्भमा पनि यस्ता मामिला विस्तारै देखा पर्न थालेका छन्। कलिलो उमेरमा निरन्तर भेप प्रयोग गर्दा जीवननै जोखिममा पर्न सक्छ। खोकी लाग्नेदेखि लिएर निमोनिया बिग्रने एआरडीएस भनिने जटिल अवस्थासम्म आइपर्न सक्छ।
उनले स्कूले तथा कलेज जाने किशोरकिशोरीलाई लक्ष्य गरिएका कार्यक्रमहरू लागु गरेर यस्ता पदार्थको पहुँच रोक्नुपर्ने सुझाव दिए। सर्वेक्षणले पनि देखाइरहेका छन्। हुर्कँदो उमेरका मानिसलाई यस्ता कुलतले अत्यन्तै खराब असर पार्छ। परम्परागत चुरोट, खैनी जस्तै नौला भेपरई(सिगरेट, शीशा, हुक्का पनि खराब हुन् भनेर सचेतना फैलाउन पर्ने उनले बताए। सुगन्धयुक्त र धुवाँरहित भनिए पनि त्यस्ता पदार्थमा निकोटिन जस्तो कुलतमा फसाउने तथा हानिकारक रसायनहरू हुने जानकारहरू बताउँछन्।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०ले ई(सिगरेट वा भेपजस्ता कुनै पनि सुर्तीजन्य पदार्थ सेवनका गर्न सुरक्षित नहुने भनेको छ। तिनले गर्भवती महिला, गर्भमा रहेका शिशु अनि युवालाई सबभन्दा धेरै असर गर्ने उसले बताएको छ।
त्यस्ता ई(सिगरेटमा क्यान्सर गराउने रसायन तथा फोक्सोको भित्रसम्म पुगेर हानि पुर्याउन सक्ने ससाना कणहरू हुने उसले जनाएको छ। नेपालमा गरिएको युवा सुर्ती सर्वेक्षणको अन्तिम प्रतिवेदन अब छिट्टै सार्वजनिक हुने र त्यसले सरकारलाई उपयुक्त नीति निर्माणमा सघाउ पुग्ने स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ।




















































