झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीमा लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेद्वारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भए । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव सङ्ग्रौलाले ९३ मत ल्याएका थिए ।त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याएका थिए । त्यस्तै सहसचिवमा ३५२ मतसहित भीमबहादुर कुँवर निर्वाचित भए । उनका प्रतिस्पर्धीहरू राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत पाएका थिए । त्यस्तै सदस्यमा राजनारायण राजवंशी, डिल्ली न्यौपाने, शान्तिमाया न्यौपाने, मुना सापकोटा बिजयी भएका छन् । त्यसैगरी क्षेत्रीय सभापतिमा क्षेत्र नं १ बाट कमल गौतम, क्षेत्र नं २ मा गोपाल कट्वाल, क्षेत्र नं ३ मा कमल बानियाँ, क्षेत्र नं ४ मा लीलामाया बस्नेत र क्षेत्र नं ५ मा चुडामणि पाठक निर्वाचित भएका हुन् ।



















































