काठमाण्डौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको आरोप लगाएको छ। कांग्रेसका पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले गोप्य आयोगको प्रतिवेदनलाई लिएर प्रश्न उठाएका छन्। उनका अनुसार उक्त प्रतिवेदन अपूर्ण रहेको र भदौ २३ र २४ गतेका घटनामा सरकारको भूमिका सन्देहास्पद देखिएको छ। 
प्रवक्ता चालिसेले भने, “भदौ २३ र २४ गतेका घटनाबारे सरकारको व्यवहार प्रश्नयोग्य छ। त्यसबारे आएको प्रतिवेदन अपूर्ण छ। त्यसैले सरकारले कानुन विपरीत ढंगले अघि बढ्नु हुँदैन।