झापा । झापाको गौरादहमा चट्याङ परेर एक घरमा आगलागी हुँदा दुईलाख बढीको क्षति भएको छ गौरादह-६ धोपा टोल बस्ने ५० वर्षीय अजयकुमार झाको टिनको छानो ,बाँसले बारेको एकतले भान्साघर र संगै जोडिएको ग्वालीमा बर्षा र हावाहुरीसहित परेको चट्याङले आगलागी भएको हो । आगलागीबाट भान्साघर र ग्वाली जलेर पूर्णरुपमा नष्ट भएको छ । भान्सा घरभित्र रहेको ग्यास सिलिण्डर, ८० के.जी. चामल, साइकल, बिद्युत मिटर, वाईफाई राउटर, भाडावर्तन, अन्नपात, फर्निचर र ग्वालीभित्र रहेको ६ वटा बाख्रा गरी अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको धनमाल क्षति भएको छ ।प्रहरी चौकी कोहबराबाट खटिएको टोली ,गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।



















































