झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । सोमबार साझ ९ बजेसम्मको प्रत्यक्ष र समानुपातिकको मतगणनाको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ क्षेत्रमा जित निकालेको छ । त्यस्तै नेपाली कांग्रेस १८ स्थानमा विजयी हुँदा नेकपा एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ क्षेत्रमा जित हासिल गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र एउटा क्षेत्रमा स्वतन्त्र उमेद्वार निर्वाचित भएका छन् । त्यस्तै तीनवटा क्षेत्रमा मतगणना जारी छ ।

जसमा रास्वपा, कांग्रेस र एमालेले १/१ क्षेत्रमा अग्रता लिइरहेका छन् । धनुषा-१ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।  त्यस्तै समानुपातिकमा रास्वपाको ४७ लाख, ४० हजार ४२२ नेपाली काङ्ग्रेसको १५ लाख९२ हजार ८१३, एमालेको १३ लाख २८ हजार ९०१, नेपाली कम्युनिस्ट पार्टको ७ लाख १६ हजार ४३० र श्रम संस्कृती पार्टीकाे ३ लाख ३८ हजार ५६१ र अन्य स्वतन्त्रको ३ लाख ११ हजार ९९० समानुपातिक मत प्राप्त भएको छ ।