झापा । चार महिनाअघि २०८२ कात्तिक १६ गते दर्ता भएको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनबाट तीन स्थानमा जीत हासिल गरेको छ । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् । धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो । समानुपातिक तर्फ १ लाख ५२ हजार ५९१ श्रम संस्कृति पार्टीले प्राप्त गरेको छ । समानुपातिक तर्फ निर्वाचित हुन कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्दछ ।



















































