झापा । पुर्वसभामुख देवराज घिमिरेलाई पारजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनबाट इन्दिरा राना मगर निर्वाचित भएकी छिन् । झापा-२ बाट निर्वाचित रानाले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरेकी हुन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् । तेस्रो भएका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २ सय ९१ मत पाए । ५ हजार ६ सय १६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी मगर यस पटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै निवर्तमान सभामुख घिमिरेको राजनीतिक यात्रामा विराम लगाइदिएकी छन् ।