धुलाबारी । धुलाबारी जेसीजले केन्द्रीय कार्यक्रम अन्तर्गत झापा क्षेत्र नम्बर १ का उम्मेद्वारसँग (ककस) कार्यक्रम गर्ने तयारी गरेको छ । क्षेत्र नम्बर १ मा कृयाशिल अन्य जेसीज शाखाहरु मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको संयुक्त आयोजनामा फागुन १२ गते धुलाबारीमा उम्मेद्वारसंग प्रत्यक्ष (ककस) कार्यक्रमको तयारी गरिएको पत्रकारसमक्ष जानकारी गराएको हो ।
उम्मेद्वारहरुलाई प्रत्यक्ष रूपमा लिखित प्रश्न सोध्न पाइने ब्यवस्थासहितको तयारी गरिएको धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले जानकारी दिए । प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेद्वारलाई त्यहाँका मतदाताले (ककस) मार्फत लिखित रुपमा प्रश्न सोध्ने र उम्मेद्वारले उत्तर दिने गरिको कार्यक्रम तयारी गरिएको नेपाल जेसीजका उपाध्यक्ष देबु बानियाँले पत्रकार सम्मेलनमा बताए । धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हलमा आयोजना गरिने (प्रत्यक्ष संवाद) को सहजीकरण धुलाबारी जेसीजका पुर्व अध्यक्ष केशव पोखरेलले गर्ने जानकारी दिइएको छ । प्रत्यक्ष सम्बाद कार्यक्रममा क्षेत्र नम्बर १ का १५ जना उम्मेद्वारमध्ये ८ जनाले कार्यक्रम गर्न अनुमती दिइएको र अन्य सबै उम्मेद्वारलाई सहभागी गराइने पुर्वअध्यक्ष पोख्रेलले जानकारी दिए । मनोज ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको समापन मेचीनगर लेडी जेसीजका महासचिव कल्पना प्रसाईले गरेकी थिइन् ।



















































