प्रकाश उप्रेती
झापा। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै आएको छ । राजनीतिक दल र स्वतन्त्रबाट उम्मेद्वरहरु चुनावी मैदान अन्तरगत मतदाता फकाउन आआफ्नो शैली प्रयोग गर्दै आएका छन् । मतदातालाई विश्वास दिलाएर प्रतिनिधि सभा सदस्यको नेतृत्व लिन रस्साकस्सी गरेको देखिन्छ । यसअघि पनि पटकपटक अपेक्षा पूरा गर्ने बिश्वास दिलाउँदै मतदाता बिजेता बनेका प्रतिनिधि नै पुनः त्यहीँ सांसदका लागि उहिँ क्षेत्रबाट उम्मेद्वार बनेका छन् । आम मतदाता नागरिकले अपेक्षा र बाचा पूरा नगर्ने उम्मेद्वारलाई अब कसरी मतदान गर्छन् ? भन्ने कौतुहल उस्तै छ । झापा जिल्लामा चार पटकसम्म उम्मेद्वार बनेपछि सफल र असफल भएका उम्मेद्वार पुनः मैदानमा मतदातालाई फकाउँदै आएको पाइन्छ ।
झापाको क्षेत्र नम्बर १ पूर्वसांसद एवं नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई जिताएको क्षेत्र हो ।
२०६४-०६५ मा तत्कालीन माओवादी पार्टीबाट उम्मेद्वार बनेका धर्मप्रसाद घिमिरेलाई प्रतिनिधि सभा सदस्यको रुपमा जिताएका थिए । उनलाई १५,२६७ मतदाताले प्रतिनिधि सभा पुर्याए । उनले नेपाली कांग्रेसका उम्मेद्वार नरेन्द्रविक्रम नेम्बाड (१४,२८३), एमालेका नरेश खरेल (१४,०२८), मालेका बद्री उप्रेती (१,६३८) मतलाई उछिन्दै सभा असन गरेका थिए ।
२०७० सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका रविन कोइरालाले मतदाताको विश्वास जित्न पाएका थिए । कोइरालाले (१७,२२९) मतले जित हासिल गरेका थिए । उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा (१६,५४०), नेकपा माओवादीका बोदराज दाहाल (६,८५८) लाई उछिन्दै प्रतिनिधि सभामा जनताका अधिकार बोल्न पुगेका थिए ।
२०७४ सालमा सम्पन्न संविधान सभा निर्वाचनबाट नेकपा माओवादीका प्रभावशाली नेता सुरेन्द्र कार्कीले (३६,१७३) मत ल्याएर संविधान सभा टेकेका थिए । उनले नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा (३३,११०), मंगोल नेसनल अर्गनाइजेशनका सन्तोष तामाड (१,३८९) लाई उछिन्दै झापा क्षेत्र नम्बर १ को समस्या र अधिकार सुनिश्चित गर्न भन्दै सर्वाधिक मत दिएर विजयी बनाए ।
त्यसपछि २०७९ सालमा सम्पन्न संविधान सभा निर्वाचनले झापा हालका कांग्रेसका प्रभावशाली नेता, उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा सदस्य बनाए । उनले एमालेका अग्नीप्रसाद खरेल (२५,३४९) मत र रास्वपाका ओमनाथ भण्डारी (८,५६४) मतलाई
पराजीत गर्दै दुई पटकको निराशालाई उमड्गमा परिणत गर्दै जनाधिकार बोल्न प्रतिनिधि सभा टेकेका थिए ।
२०५१ सालमा भएको आम निर्वाचनमा नेकपा एमालेका पुष्पराज पोखरेल (१५,६५२) मत ल्याउँदै नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला (१४,५११) राप्रपाका देविरमण भट्टराई (५,३९०) मतलाई प्रतिनिधि सभा सदस्यबाट पाखा लगाएका थिए ।
त्यसपछि २०५४ सालमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला संविधान सभा पुगेका थिए । २०५६ सालमा सम्पन्न आम निर्वाचनमा एमालेका नारायण राजवंशी (१५,३००), राप्रपाका राजेन्द्र लिड्देन (५,६२५) मतलाई उछिन्दै नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई संविधान सभा सदस्यको रुपमा विजय गराएका थिए ।
मैदान उत्रेका चार उम्मेद्वारः
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापा क्षेत्र नम्बर १ नेपाली कम्युनिष्ट पार्टीबाट अशेष घिमिरेले उम्मेद्वारको रुपमा मतदाताको विश्वास लिन घरदैलोमा व्यस्त देखिएका छन् । उनी इञ्जिनियर हुन् । राजनीतिक शास्त्रमा स्नाकोत्तर हासिल गरेका उनले आफ्नो जीत सुनिश्चित हुने ठानेका छन् ।
त्यस्तै एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेद्वार बनाएर मैदानमा उतारेको छ । स्थानीय सरकार मेचीनगरमा एमालेको बहुमत वडा भएकाले पनि आफ्नो जीत हुने उनको अनुमान लगाएका छन् । नेपाली कांगे्रसबाट केशवकुमार पाण्डे र रास्वपाबाट निशा डाँगीले जनतामाँझ पुगेर मत माग्न रस्साकस्कसीमा छन् । कांग्रेसका पाण्डे र रास्वपाकी डाँगी पार्टीको दर्वीलो भरोसा र जनताको मतले आफ्नो विजय हुनेमा दुईमतमा छैनन् ।
निर्वाचन पटकपटक भयो, जनताको अपेक्षा पूरा गर्न सकेनन् ।
निर्वाचनमा झापा क्षेत्र नं. १ मा एक लाख ३१ हजार ६७ जना मतदाताले मतदान गर्नेछन् । झापा क्षेत्र नम्बर १ मा दुईवटा नगरपालिका र एउटा गाउँ पालिकाका पर्दछन् । बुद्धशान्ति गाउँपालिकाको ४ वटा वडा, भद्रपुर नगरपालिकाको दुई वटा वडा र मेचीनगर नगरपालिकाको सबै १५ वटा वडा गरी २१ वटा वडाका मतदाताहरु निर्वाचनमा सहभागी हुनेछन् ।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता संख्या अनुसार झापा १ मा २१ वटा वडामध्ये सबैभन्दा बढी मतदाता मेचीनगर वडा नम्बर ६ मा रहेका छन् । मेचीनगर ६ मा १२ हजार ८१० जना मतदाता रहेका जनाएको छ । त्यस्तै मेचीनगर १० मा १० हजार ७७५ मतदाता रहेका छन् ।
बुद्धशान्ति वडा नम्बर ४ मा नौ हजार ४७१ जना मतदाता छन् भने बुद्धशान्ति ५ मा तीन हजार १८६ जना, बुद्धशान्ति ६ मा २ हजार ५६९ जना र बुद्धशान्ति ७ मा एक हजार ७२९ जना मतदाता रहेको जानएको छ । त्यसैगरी भद्रपुर वडा नं। ९ मा ६ हजार २९० जना र भद्रपुर १० मा ६ हजार ७८२ जना मतदाता रहेका छन् ।
मेचीनगर वडा नं। १ मा ५ हजार २८६ जना, वडा नं। २ मा ५ हजार ८५९ जना मतदाता हुँदा मेचीनगर ३ मा ६ हजार २०२ जना छन् । मेचीनगर ४ मा ४ हजार ७९२ जना मतदाता रहेका छन् भने मेचीनगर ५ मा ४ हजार ३३७ जना मतदाता रहेका छन् ।
त्यस्तै मेचीनगर ७ मा ९ हजार ५९२ जना मतदाता रहेकोमा मेचीनगर ८ मा ६ हजार ७२९ जना र मेचीनगर ९ मा ९ हजार २९२ मतदाता छन् । मेचीनगर ११ मा ४ हजार ६१३ जना मतदाता, मेचीनगर १२ मा ५ हजार ११३ जना छन् । मेचीनगर १३ मा ४ हजार ७६० जना, मेचीनगर १४ मा ४ हजार ८८७ जना र मेचीनगर १५ मा ५ हजार ९९३ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावका लागि झापा क्षेत्र नम्बर १ मा ४५ वटा मतदान स्थल र १४५ वटा मतदान केन्द्र तोकिएको छ । यो पटकको निर्वाचनमा एउटै मतदानस्थलमा सबैभन्दा बढी मतदान केन्द्र र मतदाता भएको बुद्धशान्ति वडा नं. ४ हो । उक्त वडाका सबै ९ हजार ४७१ जना मतदाताका लागि गणेश माविको मतदानस्थलमा ९ वटा मतदान केन्द्र स्थापना गरिएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
त्यस्तै यो पटकको निर्वाचनका लागि मेचीनगर १० को एउटा मतदानस्थल परिवर्तन गरिएको छ । यसअघि धुलाबारी मोडस्थित स्वास्थ्य केन्द्रमा भएको मतदानस्थल यस पटक १० नम्बर वडा कार्यालयमा सारिएको निर्वाचन कार्यालय झापाले जनाएको छ । संविधान सभाको निर्वाचन पटकपटक भयो ।
उम्मेद्वारले मत मागे । जनताले मतदान गर्दै विजयी बनाएर संविधानसभाभित्र
छिराए तर, जनताले अपेक्षा पुरा गर्न सकेन भन्ने आमजनताको गुनासो भने उस्तै छ।



















































