मेचीनगर । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी रुपमा `एचपीभी´ खोप अभियान सञ्चालनमा ल्याएको छ । झापाको स्वास्थ्य शाखा मेचीनगर माघ २५ गते आइतबार आजदेखि खोप अभियान सुरु गरेको छ । २९ गतेसम्म सञ्चालन गरिने  `एचपीभी´ खोप अभियानमा मेचीनगरका सामुदायिक र प्राइभेट गरी ७९ वटा विद्यालयमा अध्ययनरत १ हजार पाँच सय ८५ जना किशोरीलाई खोप लगाउने स्वास्थ्य शाखा मेचीनगरकी प्रमुख सबिता सापकोटाले जानकारी दिइन् ।Screenshot_20260208_132935_VN - Video Editor उनका अनुसार गत वर्षको अभियानमा खोप लगाउन छुटेका र विद्यालय बाहिरका किशोरीलाई समेत समुदायस्तरमा स्वास्थ्यकर्मीद्वारा `एचपीभी´ खोप लगाइने छ । देशभर विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइने छ । स्वास्थ्य सेवा विभाग मातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान  गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो ।