मेचीनगर । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित दुई जना जनप्रतिनिधि नै रास्वपामा प्रवेश गरेका छन्। झापाको मेचीनगर नगरपालिका वडा नं. १ का वडा सदस्यद्वय शान्तप्रसाद न्यौपाने र चेतन हुमागाईँ बिहिबार औपचारिक रुपमा रास्वपामा प्रवेश गरेका हुन् । रास्वपाबाट क्षेत्र नम्बर १ कि उम्मेद्वार निशा डाँगीले दुबै जनालाई पार्टी प्रवेश गराएकी थिइन् । न्यौपाने र हुमागाई २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेचीनगर १ को निर्वाचित वडा सदस्य हुन्।



















































