झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा–१ मा नेपाली कांग्रेसले केशवकुमार पाण्डेलाई उम्मेद्वारी बनाउँदै मैदानमा उतारेको छ । क्षेत्र नम्बर १ का उम्मेद्वार पाण्डे नेका झापाका उपसभापति हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट अशेष घिमिरे, रास्वपाबाट निशा डाँगी, नेकपा एमालेबाट रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की, श्रम संस्कृति पार्टीका केवलराम राईलगायत दुईजना स्वतन्त्रसहित १५ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । घिमिरे राजनीतिज्ञ तथा इञ्जिनियर हुन् भने उप्रेती सहकारी अभियनता हुन् । डाँगी पूर्वप्रतिनिधि सभा सदस्य हुन् ।
त्यस्तै २ मा नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशीला चापागाईं, रास्वपाबाट इन्दिरा राना मगर, एमालेबाट देवराज घिमिरे, राप्रपाबाट भद्रप्रसाद नेपाल र श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारीले उम्मेदवारी दिएका छन् । उनीहरुबीच कडा चुनावी प्रतिश्पर्धा हुने देखिएको छ । चार वटै दलका उम्मेद्वार केन्द्रीय सदस्य र पूर्व उच्च अहोदामा नाम लेखाइसकेका छन् ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, नेपाली कांग्रेसले राजेन्दकुमार घिमिरे, एमालेले हरिबहादुर राजवंशी, रास्वपाले प्रकाश पाठकलाई, राप्रपाले राजेन्द्रकुमार लिड्देनलाई र श्रम संस्कृति पार्टीले दीपक तिम्सिनालाई उम्मेद्वार उठाएको छ ।
त्यस्तै झापा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट देउकुमार थेवे, नेपाली कम्युनिष्ट पार्टीले पुरुस्वत्तम् चुडाललाई, एमालेले एलपी साँवालाई, रास्वपाले शम्भुप्रसाद ढकाललाई, राप्रपाले भक्तिप्रसाद सिटौलालाई र श्रम संस्कृति पार्टीले अमृतादेवी राईलाई संसदीय दलको निर्वाचनमा उम्मेद्वारी उठाएको हो ।
त्यसैगरी क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाडलाई चुनावी मैदानमा उतारेको छ भने नेपाली कांग्रेसले मंधरा चिमरियालाई उम्मेद्वारी बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यहीँ क्षेत्रबाट चुनावी प्रतिश्पर्धा गर्दैछन् । रास्वपाले बालेन्दू शाहलाई, राप्रपाले लक्ष्मीप्रसाद संग्रौला र श्रम संस्कृति पार्टीले समिर तामाड आआफ्नो अडान राख्दै भोट संकलनमा मैदानमा उत्रेका छन् ।
झापाको क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री ओली र काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह र नेकपाका रञ्जित तामाडको नाम चर्चामा छ । विगत लामो समयदेखि विरासत थाम्दै आएका ओलीको प्रतिश्पर्धीको रुपमा शाहले उम्मेद्वारी दिएपछि चुनावी माहोल तातेको छ । देशभरका सञ्चार क्षेत्र, सुरक्षा क्षेत्र तथा विषय विज्ञहरु झापाको दमकमा बाक्लै उपस्थित भएको पाइन्छ । आफ्नो गृह जिल्लाबाट पटकपटक विजयी हुदै देशको प्रधानमन्त्री सम्हाल्दै आएका ओलीका लागि यो पटकको निर्वाचन निकै रस्साकसी हुने देखिएको छ भने शाहलाई पनि उत्तिकै चुनौति थपिएको देखिन्छ । 
त्यस्तै क्षेत्र नम्बर ४ नेकाका थेवे, एमालेका साँवा, नेकपाका चुडाल, रास्वपाका ढकाल, राप्रपाका सिटौला र श्रम संस्कृति पार्टीका अमृतादेवी राईको चुनावी प्रतिश्पर्धामा धेरै मतान्तर देखिने अवस्था छनै । किनकी साँवाको दुई पटकको कार्यकाल मतदाताले बुझेका छन् । भने थेवे, चुडाल र ढकाललाई उनीहरुको कार्यशैलीको आधारण र पार्टीको ह्वीपबाट मत पाउनेछन् । त्यसमा पूर्व प्रदेश सभा सदस्य सिटौलाले पनि उहिँ गतिमा मतदाताको विश्वास पाउने देखिएको छ । 
राप्रपाका अध्यक्ष क्षेत्र ३ का लिड्देन र एमालेका राजवंशी तथा नेका र नेकपाका घिमिरेद्धयबीच मत मतान्तर रहने अनुमान गर्न सकिन्छ । पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका लिड्देनले आफनो क्षेत्रमा गरेको विकास निर्माणप्रति आम नागरिकको उत्साहकै कारण पनि लिड्देनको मत खेर नजाले अनुमान गर्न सकिन्छ । 
क्षेत्र नम्बर २ मा पूर्व सभामुख घिमिरे, उपसभामुख राना, नेकाकी प्रसाई र नेकपाकी चापागाईंको कडा प्रतिश्पर्धा हुने देखिएको छ । त्यस क्षेत्रमा पूर्व सभामुखले विकास निर्माणका सवालमा केही बजेट ल्याउन सफल भएपनि प्रभावकारी रुपमा मतदातालाई विश्वस्त पार्न सकेको पाइन्दैन । असाहय नानीहरुलाई हेरचाह तथा पठनपाठन गर्दागर्दै प्रतिनिधि सभा सदस्य र उपसभामुख हुन सफल भएकी रानाले जनताको माग बमोजिमको बजेट विनियोजनमा चासो नदिएकाले पनि मतदाता उत्साहित देखिदैनन् । व्यवस्था परिवर्तन गर्न लामो समय युद्धमा होमिएकी शहिद परिवारकी सदस्य चापागार्इं पूर्वस्वास्थ्य राज्यमन्त्री समेत हुन् । नेकाको प्रसाई पूर्वराष्टिय सभा सदस्य तथा पूर्वकृषि राज्यमन्त्री हुन् ।
त्यस्तै झापा क्षेत्र नम्बर १ बाट रास्वपाबाट कान्छो पूर्वप्रतिनिधि सभा सदस्य डाँगी, नेकपाबाट राजनीति विश्लेषक तथा इञ्जिनियर घिमिरे, व्यवसायी एवम् सहकारीकर्मी उप्रेती र व्यवसायी नेकाका पाण्डेबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । यद्यपी पछिल्लो समयमा देशको राजनीतिक अवस्थाबाट विभक्त बनेका मतदाताहरुका पनि एकआपसमा मत परिवर्तन गर्ने आशय पाइन्छ । गरीबको आडभरोसा बनिदिने, युवाको आशय बुझिदिने, उद्योगी, व्यवयासी, कृषक र मजदुरको मर्म बुझिदिने योग्य, विवेकसील, बौद्धिक र इमान्दार उम्मेद्वारको पर्खाइमा छन् झापाली मतदाता ।