झापा । आज पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभर चिसो बढेको छ। आंशिक बदली रहँदा तराईका बिभिन्न भू–भागमा हुस्सु लागेको छ । पूर्वानुमान महाशाखाले पनि मौसम बदली भएकै कारण हुस्सु लाग्ने जनाएको छ ।
दुई दिन अघिदेखि हुस्सु र कुँहिरोका कारण पूर्वी तराईमा पनि चिसो बढ्दै छ । जसका कारण जनजीवनमा प्रभाव पर्ने देखिएको छ ।
देशका तराई भू–भागमा तापक्रम क्रमश घट्ने तथा हुस्सु कुँहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको महासंघले जनाएको छ ।

















































