भद्रपुर । फोहोर जलाएर नष्ट गर्ने क्रममा झापाको भद्रपुर ८ डाँगीवारीमा रुवी भण्डारी घाइते भएकी छन् । उनले आफ्नै घर अगाडि भएको फोहोर भेला पारेर जलाउने क्रममा बोतल पड्किएर कपडाबाट आगो सल्किएर घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझमा भएको उक्त घटनामा घाइते भएकी भण्डारीलाई उपचारका लागी ओमसाई पाथीभारा अस्पताल पुर्याएको छ । भण्डारीको दुबै हातखुट्टा र पेटमा आगो सल्किएको थियो ।