भद्रपुर । विधानसभाको दोस्रो चरणको निर्वाचनका लागि भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, डिगलबैंक र गौरीगञ्ज सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।WhatsApp Image 2025-11-08 at 11.42.15 AM

प्रशासनले आज सूचना जारी गर्दै विहारमा विधानसभाको दोस्रो चरणको निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यही नोभेम्बर ११ तारिख अर्थात् कार्तिक २५ गते निर्वाचन हुँदैछ । किशनगञ्ज जिल्लासँग जोडिएका नाकाहरू नोभेम्बर ८ तारिख साँझ ६स्१५ बजेदेखि नोभेम्बर ११ तारिख साँझ ६स्१५ बजे ९कार्तिक २२ गते शनिवार ६स्१५ बजेदेखि कार्तिक २५ गते मंगलबार ६स्१५ बजे०सम्म बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।