एजेन्सी । लगभग दुई वर्ष लामो युद्ध गर्दै आएको इसराइलले गजा कब्जा गर्ने घोषणा गरेपछि इसराइलका पूर्वसेना प्रमुख डान हालुट्जले सबै रिजर्भ सैनिकहरू ड्युटीमा नफर्किने बताएका छन्। लामो समय युद्धमा होमिएका सेनालाई त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले हमासले गजा कब्जा अभियान पाँच महिना लाग्ने भएपनि चाडै कारवाही सक्न निर्देशन दिएका छन् ।

तर, चौतर्फी रुपमा युद्धमा होमिएएपछि थाकित बनेका इसराइल सेना प्रधानमन्त्री नेतान्याहुँले गरेको कब्जा अभियानप्रति निराश र चिन्तित बनेको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सेनाभित्र उक्त निर्णयपछि असन्तुष्टि बढेको छ। इसराइली सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले केही समयअघि सुरक्षा क्याबिनेटलाई सैनिकहरूमा थकान र निराशा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
युद्ध अन्त्य हुनुपर्छ भन्ने पक्षमा अधिकांश इसराइली जनताको समर्थन भइरहेको र सेनाभित्र बढ्दो निराशा र सैन्य क्षमतामाथि नै प्रश्न उठेको समयमा गरिएको उक्त निर्णयले सेनाको मनोभावना गिरेको जनाइएको छ । तर, नेतान्याहु र उनका गठबन्धन साझेदारहरूले उनको चिन्तालाई बेवास्ता गर्दै नयाँ युद्ध योजना अघि बढाएका छन्। हिब्रु विश्वविद्यालयको एक सर्वेक्षणअनुसार लगभग ४० प्रतिशत सैनिकमा सेवा गर्ने उत्प्रेरणा घटेको पाइएको छ । 
सन् २०२३ अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरेपछि सुरु भएको थियो । जसमा करिब १२ सय इसराइली मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसयता इसराइलको आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । जसमा अधिकांश महिला र बालबालिका छन्। हाल अरब मध्यस्थकर्ताहरूले ६० दिने युद्धविरामको प्रस्ताव गरेका थिए । जसलाई हमासले स्वीकारेको छ भने इसराइलले सबै बन्धक एकैपटक रिहा हुनुपर्ने अडान राखेपछि युद्धविराम भड्किएको हो । हमासले ५० जना बन्धक बनाएकोमध्ये २० जना मात्र जीवित रहेको इसराइली अधिकारीहरूको अनुमान छ।

यो अभियानले बन्धकहरूको जीवनलाई झन् खतरामा पार्ने भन्दै केही सैनिकहरूले सेवा गर्न अस्वीकार गर्न थालेका छन्। ३०० दिनभन्दा बढी गजामा सेवा गरेका अवशालोम जोहर सालले भनेका छन्, म फेरि युद्ध मोर्चामा फर्कन तयार छैन। सरकारको यो निर्णय बन्धकहरूका लागि मृत्युदण्डजस्तै हो। उनले सरकारको लक्ष्य हमासलाई नष्ट गर्नु मात्र रहेको तर त्यो असम्भव भएको बताए। 
गजामा युद्ध विरामका लागि प्रस्तावमा छलफल चलिरहेको बेला इसराइलले गाजा कब्जाको पहिलो चरण घोषणा गरेको छ । उसले ठूलो संख्या सैनिकहरू गाजा क्षेत्रमा परिचालन जनाएको छ । इसराइली सेनाले बुधबारदेखि नै प्रारम्भिक सैन्य कारबाही सुरू गरिसकेको र आफ्ना सैनिकहरू गजा सहरको बाहिरी इलाकामा पुगिसकेको जनाएको छ।

गजा कब्जा अभियानका लागि ८० हजार रिजर्भ सैनिकलाई परिचालन गर्ने जनाएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले हमासको अन्तिम गढमध्ये एक मानेको गजा सहर कब्जा गर्न सेनाले ६० हजार नयाँ रिजर्भ सैनिक बोलाउने र थप २० हजार सैनिकको सेवा अवधि लम्ब्याउने निर्णय गरेको बताएका छन्। यो ठूलो अभियानको पहिलो कदम भएको इसराइली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सञ्चारमाध्यममार्फत जानकारी दिएका छन् । युरोपेली मुलुकहरूले धमाधम प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा समेत गरेका थिए।  गजा कब्जा गर्ने इसराइली निर्णयप्रति युरोपेली र अरब मुलुकहरूले निन्दा गरेका छन् ।