झापाकिसान महासंघ अर्जुनधारा नगर कमिटीको आयोजनामा झापाको अर्जुनधारा वडा नम्बर-९ मा राष्ट्रिय धान दिवसमा वेठी रोपाई गरिएको छ ।
“धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नारा तथा  नौमती बाजा-गाँजसहित हर्सोउल्लासाथ वेठी रोपाई सम्पन्न भएको हो । अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देनले राष्ट्रिय धान दिवस उल्लेखित ब्यानर बाचनसहित साथै धान रोपेर उद्घाटन गरेका थिए ।
नगर कमिटीका अध्यक्ष भुपाल भण्डारीको अध्यक्षतामा सुरु भएको राष्ट्रिय धानदिवस यदु बिमलीको करिब एक बिगाह जमिनमा  बेठी रोपाई गरिएको हो । सहभागीहरुलाई दहि, च्युँरा,भुजा र खाना खुवाइएको थियो ।
त्यसैगरी अर्जुनधारा नगरपालिका वडा-११ मा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अर्जुनधाराका नगरप्रमुख गोम्देनको  अध्यक्षतामा सम्पन्न औंपचारिक कार्यक्रममा पञ्चे बाजासहितको बेठी नाँच, हिले दौड, दही–चिउरा कार्यक्रम, उत्कृष्ट कृषक सम्मान लगायतका विविध सांस्कृतिक र कृषि–केन्द्रित कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने  प्रतियोगीहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरिनुका साथै विभिन्न कृषि विधामा उत्कृष्ट योगदान पुर्‍याउने कृषकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
खाद्य बालीतर्फ विष्णुप्रसाद भण्डारी, तरकारी बालीतर्फ कमल अधिकारी, नगदे बालीतर्फ लक्ष्मीप्रसाद पोखरेल, मौरी पालनतर्फ रामचन्द्र भण्डारी, बिउ वृद्धि कार्यक्रमतर्फ गोकर्ण कार्कीलाई नगदसहित सम्मान गरिएको थियो ।
यसैबीच झापाको मेचीनगर-७ मा राष्ट्रिय धान दिवस मनाइएको छ । अखिल नेपाल किसान महासंघ मेचीनगर तथा अखिल नेपाल महिला संघलगायतले मेचीनगर वडा नम्बर-७ जोरसिमलमा रोपाइँ गरिएको हो ।
धान रोपाईमा प्रदेश नम्बर-३ का प्रमुख बिष्णु प्रसाई, कोशी प्रदेशका पुर्व सांसद श्री मैनाली, सांसद रबिन कोइरालालगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय धान दिवसको अवसरमा वीरता जेसीजले विशेष रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर-३ का वडाअध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रमको सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरूले धान रोप्दै परम्परागत कृषि संस्कृतिको संरक्षण र प्रचारमा जोड दिएका थिए।