मेचीनगर । झापाको कालिका सामुदायिक उपभोक्ता वनभित्र लागुऔषध कारोबार हुने गरेको पाइएको छ । पर्यटकीय स्थलको रुपमा चिनिएको कालिका सामुदायिक उपभोक्ता वनभित्र बिगतदेखि नै लागुऔषधको कारोबार हुने गरेको पाइएको हो । वन परिषरबाट प्रहरीले पटकपटक दर्जनौं युवालाई लागुऔषध बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइँदै आएको छ ।
वन समितिलाई पनि प्रहरीले पटकपटक जानकारी गराउँदै आएपनी निरन्तर रुपमा दुर्ब्यशनीको अखडा बन्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले सोही स्थान मेचीनगर नगरपालिका-११ कालीका सामुदायिक वन उपभोक्ता सामुहको परिषरबाट ४३ युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध व्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले नियमित रूपमा लागुऔषध सेवनकर्ता र कारोबार गर्ने बिक्रेतालाई पक्राउ परेको हो ।
प्रहरीले कारोबारमा संलग्नको साथबाट सिटी सफारी, मोटरसाइकल, मारुती भेनसहित धेरै परिणाममा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
पर्यटन आगमनको सम्भावना बोकेको कालिका सिमसारभित्र र वरिपरिको क्षेत्रमा दैनिक रुपमा कारोबार हुँदा पनि समितिले मुकदर्शक बनेको स्थानीयको भनाई छ । प्रयोगकर्ता र कारोबारीले वनभित्र सामुहिक रुपमा प्रवेश गर्ने, पाल टाँगेर गतिविधिले भइरहँदा पनि समिति मौन बस्नुले समितिकै संलग्नता रहेको स्थानीयको आरोप छ ।





















































