मेचीनगर । मेची नगरपालिकाले पत्रकार चन्द्र भण्डारीको अध्यक्षतामा मेचीनगर कला-साहित्य सम्बर्द्धन विकास समिति गठन गरेको छ । चैत २२ गते बसेको नगरकार्यपालिका बैठकले अग्रज पत्रकार, गीतकार तथा संगीतकार चन्द्र भण्डारीको अध्यक्षतामा १४ सदस्यीय कला साहित्य सम्बर्धन विकास समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष कल्पाना ओली सिटौला र सचिव मिलन कुमार ढुंगाना रहेका छन्  । समितिको सदस्यहरुमा पर्शुराम तिम्सिना, मिरा पोखरेल, ज्ञानेन्द्र ढुंगाना, पुनित बंशल, केसांग लामा, जयप्रसाद आचार्य, छितेन शेर्पा, पात्र धिमाल, पानीलाल राजबंशी, चक्र पाख्रिन र श्याम आचार्य रहेको नगर कार्यपालिकाको निर्णयमा उल्लेख छ ।