इटाभट्टा । प्रेस क्लब मेचीनगरले दशौं वार्षिक साधरणसभा एवम् छैटौं अधिवेशनको मिति तोकेको छ ।
शनिबार क्लबको कार्यालय इटाभट्टामा सम्पन्न बैठकले अधिवेशनका लागि आगामी फागुन ७ गते बुधबारको मिति तय गरेको हो । आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशन मेचीनगर-१ स्थित ४९ धारा स्थानमा आयोजना गर्ने भएको अध्यक्ष डम्बर बरालले बताए ।
बैठकले क्लबका उपाध्यक्ष जीआर धितालको संयोजकत्वमा सचिव देबु बानियाँ, कोषाध्यक्ष विनिशा शर्मा, सदस्यहरु विकास देबकोटा र गगन ढकालसहितको ५ सदस्यीय अधिवेशन आयोजनार्थ आर्थिक उपसमितिसमेत चयन गरेको छ ।
क्लबका सदस्यहरुले माघ मसान्तभित्र बिधानले तोकेको मापदण्ड पूरा गरी सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिन सकिने क्लबका अध्यक्ष बरालले बताए ।
बैठकमा संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जीएन् शर्मा, अर्जुन कार्कीलगायतले धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।