झापा । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणको बिरोध गर्दै बन्दकर्ताहरुले मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । माघ १५ गतेदेखि झापाबाट पूर्वी पहाडी जिल्लाहरुमा यातायातका साधन चलेका छैनन् भने उताबाट पनि आउन सकेका छैनन् ।

लामो समयसम्म सवारी साधन नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन् । बन्दका कारण व्यवसाय धरापमा पर्न सक्ने भन्दै व्यवसायीहरुले सम्बन्धित पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा केबुलकार निर्माणको बिरोध गर्दै गरिएको यातायात बन्दले पूर्वी पहाडी जिल्लाको जनजीवन ठप्प बनेको छ । Screenshot_2025-02-01-12-36-49-189_com.facebook.katana-editबन्दकर्ताहरुले बन्द हड्तालका कार्यक्रमलाई अझ सशक्त बनाउँदै लैजाने भएका छन् । मुक्कुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै माघ २० र २१ गते नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) बन्दको आव्हान गरेको छ ।

यता पाथीभरामा केबलकार निर्माणको बिरोध गर्दै असन्तुष्ट पक्षले गरेको अनिश्चितकालीन बन्दलाई अवज्ञा गर्दै यातायात मजदुरहरूले गाडी सञ्चालन गर्ने भएका छन् । इलाम बजारबाट फिक्कल र झापा जाने गाडी सञ्चालन गर्न लागिएको यातायात मजदुर संघ इलामका अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । उता शनिबारदेखि बन्द रहेको यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् ।Screenshot_2025-02-01-12-34-28-633_com.facebook.katana-editनेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले विज्ञप्ति जारी गरी यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ । वार्ताका लागि असन्तुष्ट पक्षलाई आव्हान गरिसकेको सरकारले बन्द खुलाउने प्रयास गरेको छ । यातायात व्यवसायीहरुले गाडी संचालन गरेमा सुरक्षा दिनेगरी प्रहरी प्रशासनले तयारी थालेको छ । अहिलेसम्म गाडी नचलेको बताउँदै इलाम प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गाडी संचालन गरे स्कर्टिङको व्यवस्था गरिने जानकारी दिए ।

यता झापाको प्रहरी प्रशासन पनि बन्द खुलाउनेतर्फ लागेको बुझिएको छ । बन्दकर्ताहरु बुद्धशान्तिको पुल्चोकमा सडकमा बसेर बन्द गराउँदै आएकोमा उनीहरुलाई हटाउने तयारी थालिएको छ ।Screenshot_2025-02-01-12-36-49-189_com.facebook.katana-edit ‘अस्तिको दिन नै बाटोमा बसेका बन्दकर्ताहरुलाई पक्राउ गर्ने योजना थियो’ एक प्रहरी अधिकारीले भने,‘ सभामुखको कार्यक्रम भएर धरपकड गरेनौं ।’ चार वटै जिल्लाका प्रहरी प्रशासनसंग समन्वय गरेर गाडी संचालन गर्ने तयारी भइरहेको जनाइएको छ।