झापा । १० ग्रामभन्दा बढी ब्राउनसुगर मलद्वारमा लुकाएर ल्याउने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा न.८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने ३० वर्षीय प्रबिण गिरी रहेका छन् ।

सोमबार साँझ ६ः१५ बजे झापा गाउँपालिका वडा नम्वर-५ पन्थापडामा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार राजवंशीले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्लाष्टिकबाहेक १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित मोटरसाइकल चालक गिरी र राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।