काँकरभिट्टा । नेपाली कांग्रेस निकट युवाको एक समुहले विभिन्न १० बुद्दे  सवाल अघि सार्दै देशब्यापी ´युवा संकल्प यात्रा` सुरू गरेको छन् ।तरूण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीको अगुवाईमा मेचीनगरदेखि सुदुरपश्चिम प्रदेश कंचनपुरको महेन्द्रनगरसम्मको यात्रा सुरू गरेको हो ।IMG_20241108_182438झापाको पुर्बी नाका काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरमा आयोजित युवा संकल्प यात्राका अवसरमा भ्रष्टाचार उन्मुलन, सहकारी ठगी, सहकारी पीडितलाई राहत र बचत फिर्ता, राेजगारी, उद्यमशीलता, महंगी, युवाकाे अर्थपूर्ण प्रतिनिधि, नागरिक मैत्रीपूर्ण सरकार, नैतिक मूल्य मान्यता, सहजरूपका जीवनयापनलगायतका १० बुँदे सबाल अघि सरेका छन् । यात्राको प्रारम्भको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तरूण दलका पूर्वमहामन्त्री शाहीले जानकारी दिए ।BeautyPlus_20241108143858519_save

देशका १५ जिल्लामा सर्वसाधारणलाई जानकारी  दिन कार्यक्रम गर्ने  र आगामी मंसिर ४ गते महेन्द्रनगरमा समापन हुने साहीको भनाई छ । उनले देश बेरोजगारी समस्याकाे समाधान गर्दै सरकार जनताप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले सरकारलाई असफल हुन छुट नभएको बताए ।

कार्यक्रममा अभियानका संयाेजक तरूण दलका पूर्वमहामन्त्री शाही, केन्द्रीय सदस्य पशुपति पाेखरेल, प्रेमिका राना मगर, युवा नेता भमेन्द्र नेम्बाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे लगायतले अभियान सफलताकाे शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अभियानमा सांस्कृतिक टाेलीसहित ५० जनाकाे तरूण दलका युवा नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे छ ।BeautyPlus_20241108142249637_saveकार्यक्रममा नेपाली सांस्कृतिक राष्ट्रिय टाेलीका कलाकारहरूले नृत्य गरेका थिए ।

नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरूकाे अध्यक्षतामा सुरू भएको अभियानकाे स्वागत झापा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले र सञ्चालन सचिव मुकेश लिम्बुले गरेका थिए ।