झापा । आज विश्वकर्मा पूजा । आफुले चलाउने श्रोत, सवारीसाधन, कलकारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पुजा अर्चना गरी मनाइँदैछ  ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा बिभिन्न धार्मिक मठ मन्दिरमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ भने पुर्वका प्रायः कलकारखाना, सवारी साधन बिक्री स्थल, सञ्चार तथा मर्मत गर्ने ग्यारेज, निर्माणाधीन अवस्थाको बिल्डिङ तथा काम गर्ने मिस्त्रीहरुले आफ्नो क्षेत्रमा बिश्वकर्मा बाबाको तस्बिर र मुर्ति राखेर पुजा गर्ने गर्दछन् ।

विश्वकर्मा पूजाका दिन विभिन्न कलकारखाना, उद्योग तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन छ। यस अवसरमा सवारीसाधन, मेसिनरी उपकरण तथा औजारहरूको समेत पूजा गरिन्छ।