झापा । झापाबाट डेटिङमा भारतको दिघलबैंक बजार पुगेका नेपाली युवक र अमेरिकी युवतीलाई भारतीय सुरक्षाकर्मीले पक्राउपछि रिहा भएका छन् । भारत–नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले दिघलबैंक प्रहरी चौकी क्षेत्रअन्तर्गत सीमा स्तम्भ नम्बर १३० नजिकै शंकास्पद अवस्थामा घुमिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले दुवैलाई क्याम्पमा ल्याएर गहन सोधपुछ तथा कागजात प्रमाणका आधारमा रिहा गरिएको हो ।

युवतीको ट्राभल डकुमेन्ट तथा अन्य कागजातसमेत अनुसन्धान गरिएको थियो । सो क्रममा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहेको र पारिवारिक सहमतिमै वैवाहिक कार्यक्रमका लागि युवती ९० दिनको भिशामा नेपाल आएको भारतीय प्रहरी अधिकारीले जनाएको छ ।