झापा । झापाको दमकमा पटाका पड्काउने क्रममा एक बालक गम्भिर घाइते भएका छन् ।

हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर-६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् । उनको अनुहार जलेको छ ।

घाइते बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भारतको सिलिगुडीतर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।