मेचीनगर । झापाको मेची नगरपालिकाले नगरभित्र आगमन हुने निजी सवारी साधनबाट निर्णयभन्दा दोब्बर र पटके कर लिएको भन्दै ६ राजनीतिक दल आपत्ति जनाएका छन् । नगरको निर्णयबिपरित सर्वसाधारणबाट दोब्बर कर अशुल्ने कार्य गरेको भन्दै नगरको स्पष्ट दृस्ठिकोण नहुँदासम्म कर शुल्क नबुझाउन ६ दलले सर्वसाधारणलाई आग्रह गरेको छ । नगरपालिकाको कार्यसम्पादन जनहितकारी नभएको भन्दै ६ दलको चरणबद्व आन्दोलनका क्रममा असार १९ गते सूचना प्रकाशित गरी कर नलिने र त्यसपछि साउन १ गतेबाट नगरभित्रका सडकमा उठाउने पटके र कर शुल्क दोब्बर लिएकोप्रति नगरनेतृत्वको चरित्र उदाङो भएको जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।२०८१ असार २१ गतेको वार्षिक कर लिने भनी ६ राजनीति दलसमक्ष नगरप्रमुखले दिएको आश्वासन बिपरित नगरले गरेको कामको घोर भत्सर्ना गर्दै सवारी सञ्चालनलाई उक्त कर नतिर्न आग्रह गरेको ६ राजनीति दलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।नगरपालिकाको भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती लगायतका बिषयमा सुधार गर्न र नगरे भाद्रको पहिलो सातादेखि चरणबद्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही बिषयलाई लिएर नगर नेतृत्वलाई दिएको २१ बुँदे ज्ञापनपत्रका बिषयमा मेयर र उपमेयरले ६ राजनीति दलसँग वार्ता गरेका थिए । २ पटकको वार्तापछी न्यूनतम सर्त अघि सारेको दलले नगरको कानुनी बिषयस्वीकार्दै पुनः अर्को बैठकमा सामाधान खोज्नेगरी निर्णय गरेको थियो ।
मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती पोख्रेलले कार्यपालिकाको बैठकमा ६ दलले बुझाएको २१ बुँदे मागका बिषयमा छलफलपछि सम्बोधन गर्ने भनेपछी वार्ता निष्कर्षबिहिन बनेको थियो । नगरको कानुनी बिषयलाई ध्यानदिँदै कार्यपालिकाको बैठकसम्म ६ दलको माग ओझेलमा पार्ने नियतले अलमल्याइ राखेको बिज्ञप्तिमा उल्लेख छ । तर, बुँदाभित्र पर्ने करकै बिषयमा बलमिच्याईँ र शृङ्खलाबद्ध ढंगले गरेको कामपछि उत्पन्न सबै खाले परिस्थितिको सामना नगरपालिकाले लिनुपर्ने चेतावनी दिएको छ ।
क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल, एकीकृत समाजबादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङद्वारा हस्ताक्षारित प्रेस बिज्ञप्तिमा उल्लेख छ । यता नगरपालिकाले पटके कर नलाएको बताएको छ ।