बुढानिलकण्ठ । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई असंवैधानिक तरिकाले नियुक्त गरेको भन्दै कानुनविद्हरू अदालत जाने भएका छन्।
पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए।
‘संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने कानुनविद्को भनाई छ ।
तर, राष्ट्रपतिले असंवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान छ। यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन’, प्रधानले भने।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानले नेपाली काँग्रेस र एमालेले मध्यरात गरेको सम्झौता प्रतिगामी भएको बताउँदै जनस्तरबाट प्रतिवाद हुने भएपछि सार्वजनिक गर्न नसकेको आरोप लगाए।
स्वतन्त्र कानुन व्यवसायी मंचका अध्यक्ष तथा अधिवक्ता यज्ञमणी न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताए।
‘संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले गैरसंवैधानिक रुपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ। यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ,’ न्यौपानेले भने।
यसअघि पनि पटकपटक संविधानविरुद्ध गएको बताउँदै अहिले काँग्रेस ओलीको फेरो समाउँदै सती जाने लागेको उनको भनाइ छ।




















































