धुलाबारी । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिले १६ औं वार्षिक साधारण सभा अन्तरगत इकाईगत साधरण सभामा सम्पन्न गरेको छ । 

काँकरभिट्टा, धुलाबारी, चारआली र बुधबारे शाखा केन्द्रमा एक-एक जना उत्कृष्ट बचतकर्ता र एक-एक जना उत्कृष्ट ऋणीलाई समानपत्र तथा मायाको चिनोद्वारा सम्मान गरेको छ । 20261005_115111त्यस्तै बुधबारे सेवा केन्द्रबाट धनकुमारी राई, कमला मेचे, नर्वदा सिटौला र सृजना दाहाल काँकरभिट्टा सेवा केन्द्रका युवराज मुखिया, आशा बुढाथोकी, इन्दिरा कार्की, पबित्रा दाहाल र मालती ढुङेललाई स्वास्थ्य उपचार सेवा अन्तरगत रकम बितरण गरिएको थिए ।

त्यसैगरी चारआली सेवा केन्द्रका देबिमाया थापा, नरमाया कार्की र धुलाबारी सेवा केन्द्रका पबित्रा राई शोभा अधिकारी र दुर्गा अधिकारीको उपचार सेवा खर्च प्रदान गरेको हो । 20261005_114032

आफ्ना शेयर सदस्यहरुका लागि स्वास्थ्योपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले वार्षिक रुपमा ६१० रुपैयाँ स्वास्थ्य बिमा कोषको सदस्य बनेवापत उक्त सेवा प्रदान गरेको हो । इकाईगत सभाका अध्यक्ष समितिका सचिब इन्द्रबहादुर कार्कीले संस्थाका अध्यक्षले तयार गरेको आर्थिक तथा प्रगति प्रतिवेदन बाचन गरेका थिए ।20261005_125214

झापा, मोरङ, पाँचथर र इलाम जिल्लाका विभिन्न ठाउँमा ४४ सेवा केन्द्रमा आबद्ध ७१ हजार २४६ जना शेयरले आर्थिक वर्ष २०८२/०८३ मा ३७ करोड बढी कारोबार गरेको र आगामी वर्षमा  ५० करोड ९३ लाख ६७ हजार १ सय ५ रुपैयाँ ७० पैसाको शेयर लक्ष्य रहेको सभाका अध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।20261005_132742(0)

त्यसैगरी यो वर्ष ५० दशमलव ९० प्रतिशत वा ४ करोड ८ हजार ८ सय ४४ रुपैयाँ ८६ पैसा लक्ष प्राप्त गरेको आगामी २०८३/०८४ मा संस्थाले ८ करोड १८ लाख १ हजार ६४१.२७ रुपैयाँको लक्ष्य लिएको जनाएको छ ।

इन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यामबहादुर बिष्टले स्वागत तथा बिजय बस्नेतले सञ्चालन गरेका थिए ।