काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी घोषणा गरेसँगै कांग्रेसभित्रको प्रतिस्पर्धा रोचक बनेको छ । खड्गीका पूर्वविद्यार्थी गगन थापा पनि सभापति पदका उम्मेदवार रहेकाले महाधिवेशनमा गुरु–चेलाबीचको प्रतिस्पर्धा हुने भएको हो ।
शिक्षकसमेत रहेका खड्गीले आफ्नै पूर्वविद्यार्थी थापासँग प्रतिस्पर्धा गर्नुलाई लोकतान्त्रिक अभ्यासको सुन्दर पक्षका रूपमा लिएका छन् । उनले यसमा आफूलाई कुनै संकोच नरहेको स्पष्ट पारेका छन् ।
खड्गीले कांग्रेसभित्र देखिएको गुटगत विभाजन अन्त्य गर्दै पार्टीलाई एकताबद्ध र बलियो बनाउने सेतुका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । उनले थापाको राजनीतिक क्षमता र नेतृत्व क्षमताको प्रशंसा गर्दै प्रतिस्पर्धालाई स्वस्थ र लोकतान्त्रिक बनाउनुपर्नेमा जोड दिएका छन् । गुरु–चेलाको यो भिडन्तलाई कांग्रेस महाधिवेशनको रोचक राजनीतिक प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।





