गोरखा । बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै गोरखाको आरुघाट बजार खाली गराइएको छ ।
नदीमा एक्कासि ठूलो बाढी आएपछि आसपासका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो ।
बूढीगण्डकी नदीको जलप्रवाहमा आएको अचानक परिवर्तन र लेदो तथा गेग्रानसहितको बाढीका कारण नदी किनारका बस्ती तथा बजार क्षेत्रमा सम्भावित क्षतिको जोखिम बढेको छ । जोखिम न्यूनीकरणका लागि आरुघाट बजार क्षेत्र खाली गराउँदै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन आवश्यक छ । नदीमा पानीको बहाव थप बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।





