काठमाडौं । अस्ट्रेलियाले बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। साथै, नेपाल र अस्ट्रेलियाले व्यापार, लगानी, शिक्षा, जलवायु तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै द्विपक्षीय आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति गरेका छन्।

मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। दुवै पक्षले नेपाल–अस्ट्रेलियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।