झापा । सेती प्रादेशिक अस्पतालमा बिरामीका सामान चोर्ने ३ जना पक्राउ परेका छन् । अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित ३ जनालाई पक्राउ गरिएको हो ।
चोरीमा संलग्न ५ जनाको पहिचान समेत गरिएको छ। अस्पतालमा रातिको समयमा बिरामी र कुरुवाको मोबाइल, झोला, पैसा र अन्य सामाग्री चोर्ने तीन जनालाई रङ्गेहात पक्राउ गरिएको छ।




















































